कैलालीमा विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादी पक्राउ

प्रहरीले फैसला कार्यान्वयनलाई परिणाममुखी बनाउँदै फरार सूचीमा रहेका अन्य व्यक्तिलाई पनि निरन्तर पक्राउ अभियान जारी राख्ने जनाएको छ।

मंसिर ३, २०८२

रञ्जना बिसी

21 absconding defendants in various cases arrested in Kailali

कैलाली — जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी इकाइहरूले फैसला कार्यान्वयन अभियान सञ्चालन गर्दै विभिन्न मुद्दामा अदालतले सजाय सुनाएर फरार रहेका २१ जनालाई पक्राउ गरेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २०७९ देखि २०८२ सालसम्म जारी रहेका विभिन्न फैसलामा दोषी ठहर भई  फरार रहेका र जरिवाना तिर्न बाँकी रहेका व्यक्ति  लुकिछिपी बस्दै आएको अवस्थामा बुधबार पक्राउ परेका हुन्।

प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा गोप्य सूचनाका आधारमा खोज तथा अपरेसन सञ्चालन गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कारबाहीका लागि  जिल्ला अदालत कैलालीमा बुझाइएको प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले फैसला कार्यान्वयनलाई परिणाममुखी बनाउँदै फरार सूचीमा रहेका अन्य व्यक्तिलाई पनि निरन्तर पक्राउ अभियान जारी राख्ने जनाएको छ।

रञ्जना

Link copied successfully