२ थान एकनाले भरुवा बन्दुक बरामद
दार्चुला — दार्चुलाको अपिहिमालबाट प्रहरीले जेवारिसे अवस्थामा दुई थान भरुवा भन्दुक बरामद गरेको छ । सोमबार अपीहिमाल गाउँपालिका–१ खायाकोटस्थित जंगलमा लुकाएर राखेको अवस्थामा २ थान एकनाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार खण्डेश्वरी प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थाका जंगल क्षेत्रमा लुकाएर राखेका बन्दुक फेला पारेका हुन् ।
उक्त बन्दुक कसका र कसले राखेको बारेमा अनुसन्धान भइरहेको दार्चुला प्रहरीका सूचना अधिकारी हेमराज भट्टले बताए ।
