बसमा सवार महिलाको मृत्यु

खोडपेबाट बसमा चढेकी उनी दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानी नजिक पुग्दा बेहोस भएकी थिइन् ।

कार्तिक २९, २०८२

मनोज बडू

Woman dies in bus accident

दार्चुला — कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुला सदरमुकाम खलंगाका लागि छुटेको बसमा सवार एक महिलाको मृत्यु भएको छ ।

महाकाली यातायातको ना ८ ख ३०१ नम्बर बसमा सवार बैतडीको सिगास गाउँपालिका घर भएकी अन्दाजी ४५ वर्षीया जानकी चन्दको मृत्यु भएको हो । खोडपेबाट बसमा चढेकी उनी दार्चुलाको शैल्यशिखर नगरपालिका–६ ग्वानी नजिक पुग्दा बेहोस भएकी थिइन् । जिल्ला अस्पतालमा जाँच गर्दा चिकित्सकले मृत घोषित गरेको दार्चुला प्रहरीका सूचना अधिकारी हेमराज भट्टले बताए । 

उनी माइती दुहु गाउँपालिका–२ हिकिलामा भदैनीको बिहेमा जान लागेकी बुझिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको र शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully