तरकारी बेच्न निस्किएका कोटेकनी मृत फेला

भीरचौतारास्थित विपिनगर–बागछेँडा सडकखण्डको किनारमा उनी मृत अवस्थामा फेला परेका हुन्।

कार्तिक २७, २०८२

मोहन पनेरु

Kotekani found dead after going out to sell vegetables

डोटी — डोटीको बडीकेदार गाउँपालिका–५ अन्तरकोडाका ६८ वर्षीय दानसिंह कोटेकनी मृत अवस्थामा फेला परेका छन् । उनी बिहीबार बिहान घरबाट तरकारी बेच्न निस्किएका थिए।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार बिहान करिब ११ बजे भीरचौतारास्थित विपिनगर–बागछेँडा सडकखण्डको किनारमा उनी मृत अवस्थामा फेला परेका हुन्। स्थानीय विमल बोहराले मृत अवस्थामा देखेपछि घटनाबारे प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि प्रहरी चौकी खड्चौलीबाट प्रहरी सहायक निरीक्षक विक्रम डुंगानाको कमान्डमा तीनजनाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरीले जनाएको छ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षक वीरबहादुर बोहराको कमान्डमा पाँच जनाको टोली खटाइएको प्रहरीले जनाएको छ।

मोहन

Link copied successfully