धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान र टीकापुर नगरपालिका–७ मोहना नदी किनार क्षेत्रबाट बेवारिस अवस्थामा ती सामान फेला परेका हुन्।
कैलाली — कैलालीको धनगढी र टीकापुर क्षेत्रबाट अवैध रूपमा भारतबाट भन्सार छली गरी ल्याइएका सामान प्रहरीले बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–९ बङ्ग्राकटान र टीकापुर नगरपालिका–७ मोहना नदी किनार क्षेत्रबाट बेवारिस अवस्थामा रहेका सामानहरू फेला परेका हुन्।
गस्तीमा खटिएको प्रहरी टोलीले सुर्ती, स्पिकर, मोबिल, फलामका रड र नटलगायत करिब ३ लाख १८ हजार रुपैयाँ मूल्य बराबरका सामान नियन्त्रणमा लिएको जनाएको छ। बरामद वस्तुहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
