नन्दराज भट्टलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बैतडी — बैतडीको पाटन नगरपालिका–१ घर भई हाल कैलालीकै गोदावरी नगरपालिका–१ अत्तरियामा भाडामा बस्ने २४ वर्षीय नन्दराज भट्टलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।
उनलाई कैलालीको धनगढी उपमहानगरपालिका–३ मित्रनगर ब्यारेल नजिकबाट बुधबार अबेर लागूऔषधसहित पक्राउ गरिएको हो ।
भट्टको साथबाट ३२० मिलीग्राम लागूऔषध खैरो हेरोइन फेला परेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
