२८ लाख नगदसहित दुई भारतीय नागरिक पक्राउ

धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोक क्षेत्रमा प्रहरीले कार रोकेर रकम बरामद गरेको हो ।

कार्तिक १७, २०८२

रञ्जना बिसी

Two Indian nationals arrested with 2.8 million in cash

कैलाली — कैलालीको धनगढीमा प्रहरीले शंकास्पद रूपमा बोकिएको २८ लाखभन्दा बढी रुपैयाँसहित दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी उपमहानगरपालिका–३ स्थित मिलनचोक क्षेत्रमा जाँचका क्रममा उनीहरू सवार कार रोकेर रकम बरामद गरेको हो। उक्त टोलीको नेतृत्व प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दले गरेका थिए।

पक्राउ परेका व्यक्ति भारतको लखिमपुर खिरी, पलियाका २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता रहेको प्रहरीको भनाइ छ। उनीहरू चलाइरहेको कारको दर्ता नम्बर युपी–३१–सीएन–११७५ रहेको छ।

विशेष सूचनाका आधारमा कारलाई रोकिएको र नगद बरामद भएपछि दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका कैलालीले जनाएको छ।

रञ्जना

Link copied successfully