ऋणबाट मुक्तिको मागसहित धनगढीमा आमरण अनशन

देशभर अभियान सञ्चालन गर्ने उद्देश्यसहित खड्का यसअघि कञ्चनपुरमा कात्तिक १२ देखि १४ गतेसम्म तीन दिन अनशन बसेका थिए।

कार्तिक १५, २०८२

रञ्जना बिसी

Fast unto death in Dhangadhi demanding freedom from debt

कैलाली — ऋणको बोझबाट मुक्त हुनुपर्ने मागसहित सामाजिक अभियन्ता राजु सिंह खड्काले धनगढीमा आमरण अनशन थालेका छन्। भीमदत्त नगरपालिका–५, कञ्चनपुरका ६७ वर्षीय खड्काले शनिबार दिउँसोदेखि धनगढी–१ स्थित पार्क मोड, जेन-जी मार्ग नजिकै सत्याग्रह र अनशन सुरु गरेका हुन्।

‘विदेशी ऋणमा निर्भर भएर देश अघि बढ्न सक्दैन, आफ्नै स्रोत–साधनको सदुपयोग गर्नुपर्छ,’ खड्काले अनशन स्थलमा टाँगेको ब्यानरमा उल्लेख गरेका छन्।

उनले ध्वस्त संरचनाको पुनर्निर्माण र निर्वाचनका लागि विदेशी ऋण नलिन, सम्पत्ति शुद्धीकरणमार्फत भ्रष्टाचारिहरूको सम्पत्ति राष्ट्रियकरण गर्न र नेपालभित्रकै स्रोतबाट चन्दा संकलन गरी विकास निर्माण तथा निर्वाचन सञ्चालन गर्न सरकारसँग माग पनि गरेका छन्। शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासन कायम गर्नुपर्ने माग राख्दै उनले नेपाल सरकार र नागरिक दुवैको ध्यानाकर्षण गराएका हुन्।

देशभर अभियान सञ्चालन गर्ने उद्देश्यसहित खड्का यसअघि कञ्चनपुरमा कात्तिक १२ देखि १४ गतेसम्म तीन दिन अनशन बसेका थिए। त्यसपछि कैलालीमा कात्तिक १५ देखि १७ गतेसम्म धर्ना तथा आमरण अनशन जारी राख्ने र त्यसपछि कर्णाली प्रदेशमा जाने योजना रहेको उनले बताए। अनशन अवधिभर आफू सोही स्थानमै बस्ने र सुत्ने उनले बताए।

रञ्जना

Link copied successfully