गाउँपालिकाले एक सूचना जारी गर्दै कात्तिक ११ र १२ तथा कात्तिक १८ र १९ गते सार्वजनिक बिदा दिइएको हो ।
बैतडी — बैतडीको शिवनाथ गाउँपालिकाले चार दिनका लागि स्थानीय बिदा दिएको छ । गाउँपालिकास्थित शिवनाथ मन्दिर र देहीगडा भगवती मन्दिरमा लाग्ने जात्रा (मेला) को अवसरमा सार्वजनिक बिदा दिएको हो ।
गाउँपालिकाले एक सूचना जारी गर्दै कात्तिक ११ र १२ तथा कात्तिक १८ र १९ गते सार्वजनिक बिदा दिइएको हो । कात्तिक ११ र १२ गते प्रसिद्ध शिवनाथ मन्दिरमा मेला लाग्ने गर्दछ ।
यस्तै कात्तिक १८ र १९ गते देहीगडा मन्दिरमा पनि दुई दिने जात्रा हुन्छ । सोही कारण दुई दिन शिवनाथ मेला र दुई दिन देहीगडा मन्दिरमा लाग्ने मेलाका अवसरमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।
बिदामा गाउँपालिकाभित्र सबै सरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा वित्तीय संस्थाहरु बन्द रहनेछन् । शिवनाथ मन्दिरमा लाग्ने मेलामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गर्दछन् ।
