डडेलधुरामा जिप दुर्घटना हुँदा पाँच जना घाइते

डोटीको सायल गाउँपालिका–६ रौकोलाबाट डडेलधुराको उग्रतारा मन्दिरमा पिकनिकका लागि गएका यात्री सवार जिप शनिबार दिउँसो गन्यापधुरा गाउँपालिका–३ मछली खोलामा दुर्घटनामा परेको हो ।

कार्तिक ८, २०८२

तर्कराज भट्ट

Five injured in jeep accident in Dadeldhura

डडेलधुरा — डोटीबाट डडेल्धुरा आउँदै गरेको बोलेरो जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

डोटीको सायल गाउँपालिका–६ रौकोलाबाट डडेलधुराको उग्रतारा मन्दिरमा पिकनिकका लागि गएका यात्री सवार जिप शनिबार दिउँसो गन्यापधुरा गाउँपालिका–३ मछली खोलामा दुर्घटनामा परेको हो ।

लुम्बिनी प्रदेश ०१–००१ च ३३०१ नम्बरको जिप सडकमा पल्टिँदा पाँच जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराका प्रमुख श्यामराज बोहराले जानकारी दिए ।

जिपमा १३ जना सवार रहेका थिए । उनीहरू तिहारमा भैलो खेलेर उग्रतारा मन्दिर पिकनिकका लागि निस्किएका थिए । दुर्घटनामा सायल गाउँपालिकाकी १७ वर्षीया लाली साउँद, १८ वर्षीया लक्ष्मी साउँद, १९ वर्षीया अपेक्षा साउँद, १९ वर्षका मदन साउँद र १६ वर्षका केशव साउँद घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तर्कराज भट्ट

Link copied successfully