रोजगारीको सिलसिलामा सपरिवार चन्द भारतको केराला सहरमा बस्दै आएका थिए ।
बैतडी — बैतडी घर भएका एक जनाको भारतमा रेलको ठक्करबाट मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–२ लिस्किटा घर भएका ४२ वर्षीय बिसा चन्दको भारतको केरलामा रेलको ठक्करबाट मृत्यु भएको मृतकका भतिजा अनिल चन्दले बताए ।
रोजगारीको सिलसिलामा सपरिवार चन्द भारतको केराला सहरमा बस्दै आएका थिए । बुधबार बेंगलोरबाट केरला फर्किने क्रममा रेलले ठक्कर दिंदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।
मृतक चन्दका एक छोरा र श्रीमती रहेका छन् । चन्दको शवको दाहसंस्कार केरलामै गरिने परिवारले जनाएको छ ।
