न्यूनतम पारिश्रमिक र सुविधा सुनिश्चित गर्न धनगढीमा स्वास्थ्यकर्मीको धर्ना

धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला प्रशासन कार्यालय, कैलाली अगाडि र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा उनीहरुले धर्ना सुरु गरेका हुन् ।

आश्विन ३०, २०८२

रञ्जना बिसी

Health workers stage sit-in in Dhangadhi to ensure minimum wages and facilities

कैलाली — निजी अस्पतालका स्वास्थ्यकर्मीहरूले न्यूनतम पारिश्रमिक, अतिरिक्त भत्ता र कानुनी प्रावधानअनुसारका सेवा–सुविधाको माग गर्दै धनगढीमा धर्ना दिएका छन्।

धनगढी उपमहानगरपालिका–१ स्थित जिल्ला प्रशासन कार्यालय, कैलाली अगाडि र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा उनीहरुले धर्ना सुरु गरेका हुन् । धर्ना निजी अस्पतालहरूको संयुक्त आयोजनामा गरिएको हो ।

स्वास्थ्यकर्मीहरूमाथिको श्रम शोषण र दमनको अन्त्य गर्दै सरकारले तोकेको न्यूनतम पारिश्रमिक, अतिरिक्त भत्ता, सेवा–सुविधा र नियुक्ति तथा सम्झौतासम्बन्धी कानुनी प्रावधानको पालना गर्न उनीहरूले माग गरेका छन्। साथै, शैक्षिक सक्कल प्रमाणपत्र कार्यालयमा नराख्ने, कार्य अनुभव प्रमाणपत्र अनिवार्य रूपमा उपलब्ध गराउने र पारिश्रमिक बैंकिङ प्रणालीमार्फत मात्र वितरण गर्ने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

धर्नाको क्रममा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव मंगलबहादुर शाहीले स्वास्थ्य संस्था व्यवस्थापन संस्था ‘अफिम’का प्रतिनिधिहरूसँग भेट गरेका थिए । उनले स्वास्थ्यकर्मीहरूको माग उचित रहेको भन्दै नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गर्न र अतिरिक्त भत्ता व्यवस्था गर्ने विषयमा पहल गर्ने आश्वासन दिएका थिए । 

स्वास्थ्यकर्मीहरूले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

रञ्जना

Link copied successfully