कैलाली कारागारका ३ सय ७७ जना कैदी अझै फरार

६ सय ६६ कैदी रहेको कारागारमा २ सय ८९ जना भने फर्किएका छन् ।

आश्विन ४, २०८२

रञ्जना बिसी

377 prisoners of Kailali prison are still absconding

कैलाली — भदौ २४ गते कैलाली कारागारबाट भागेका ३ सय ७७ कैदी अझै फरार रहेका छन् ।

६ सय ६६ कैदी रहेको कारागारमा २ सय ८९ जना भने फर्किएका छन् । 

कारागार प्रशासनले फरार रहेका सबै कैदीलाई फर्कन भन्दै सूचना जारी गरेको थियो । तर पनि अहिलेसम्म आधाभन्दा बढी कैदी फर्किएका छैनन् । जिल्ला कारागार कैलालीका जेलर चिरञ्जीवी सापकोटाले कैदीहरू सम्पर्कमा आउने क्रम जारी रहेको बताए ।

उनका अनुसार विभिन्न मुद्दामा सजाय काटिरहेका १८ भारतीय कैदीमध्ये एक जना मात्रै कारागार फर्किएका छन् । अन्य फरार रहेको र खोजी कार्य भइरहेको जेलर सापकोटाले बताए । पक्राउ परेका कैदीहरूमध्ये चार जना घाइते भएका छन् । 

उनीहरूको उपचार भइरहेको र अवस्था सामान्य रहेको कारागार प्रशासनले जनाएको छ ।  

कैलाली कारागारमा ५८ महिलासहित ६६६ जना कैदी बन्दी थिए ।

रञ्जना

Link copied successfully