पहिरो पन्छ्याएपछि बुधबारदेखि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देब बडूले बताए ।
बैतडी — पहिरोले अवरुद्ध बनेको महाकाली राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडकखण्डअन्तर्गत बैतडीको दोगडारकेदार गाउँपालिका–५ सलसेनामा मंगलबार बिहान सवा ९ बजेतिर पहिरो खसेको थियो ।
पहिरो पन्छ्याएपछि बुधबारदेखि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक बल्देब बडूले बताए ।‘सडक सुचारु भएसँगै बीचबाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ पठाइएको छ,’ उनले भने, ‘उक्त क्षेत्रमा पहिरोको जोखिम भने कायम रहेको छ ।’
बुधबारदेखि बैतडीको मौसममा सुधार आएको छ ।
