डडेल्धुराको परशुराम नगरपालिका–५ परीगाउँस्थित महाकाली नदीको किनारमा सोमबार एक जना महिला मृत फेला परेकी हुन् ।
डडेलधुरा — डडेल्धुराको परशुराम नगरपालिका–५ परीगाउँस्थित महाकाली नदीको किनारमा सोमबार एकजना महिला मृत अवस्थामा फेला परेकी छन् ।
करिब ३५ वर्षको उमेरकी ती महिलाको नाम, थर र वतन भने अहिलेसम्म खुल्न सकेको छैन।
नदी किनारमा शव भेटिएपछि इलाका प्रहरी कार्यालय जोगबुढाबाट प्रहरी टोली पुगेर घटना स्थलको प्रारम्भिक अनुसन्धान गरेको छ ।
शवलाई अहिले जोगबुढा अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर विष्टले बताए । महिलाको पहिचान र मृत्युको कारणबारे हालसम्म केही खुलेको छैन।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
