सुदूरपश्चिममा दुई दिन सार्वजनिक बिदा

नेपाल सरकारले दिएको बिदाबाहेक, प्रदेश सरकारले भदौ १६ गतेका लागि थप सार्वजनिक बिदा दिएको छ।

भाद्र १४, २०८२

रञ्जना बिसी

A two-day public holiday in the Far West

कैलाली — सुदूरपश्चिम प्रदेशमा गौरा पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल सरकारले भदौ १५ गते र प्रदेश सरकारले भदौ १६ गते बिदा दिने निर्णय गरेसँगै प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा कायम भएको हो।

प्रदेश सरकारले जारी गरेको राजपत्रअनुसार नेपाल सरकारले दिएको बिदाबाहेक थप भदौ १६ गते पनि गौरा पर्वकै बिदा रहने उल्लेख छ। यस वर्षको गौरा पर्व बिहीबारदेखि सुरु हुँदैछ।

गौरा पर्वको मुख्य दिन अठ्वाली–दुर्वाष्टमी भदौ १५ गते परेको छ। सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको हो। त्यसपछि भदौ १६ गते प्रदेश सरकारले थप बिदा दिएको हुँदा गौरा पर्व मनाउने सुदूरपश्चिमवासीले दुई दिन निरन्तर बिदा पाउने भएका छन्।

रञ्जना

Link copied successfully