घाँस काटेर घर फर्कंदा दार्चुलाको जंगलमा भीरत लडेकी महिलाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीलाई राति घटना जानकारी दिइयो।
दार्चुला — दार्चुलामा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका–६ खालिडाडा बस्ने ५० वर्षीया ऐति धामीको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घर नजिकै रहेको जंगलमा घाँस काटेर घर फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । बिहीबार साँझको समयमा घटना भएको र प्रहरीमा राती खबर आएको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।
भीरबाट अन्दाजी १ सय ५० मिटर तल खसेर धामीको घटनास्थलमै मृत्यु भएको हो ।
