पहिरोले अवरुद्ध गोकुलेश्वर–खलंगा सडक सञ्चालनमा

दार्चुलामा रातिको वर्षाले खसेको पहिरो पन्छाएपछि साढे ९ बजेबाट सडक खुला, सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेको प्रहरीको जानकारी।

भाद्र १३, २०८२

मनोज बडू

Gokuleshwar-Khalanga road blocked by landslides in operation

दार्चुला — गएरातिको वर्षाका कारण पहिरोले अवरुद्ध गोकुलेश्वर–खलंगा सडक सञ्चालनमा आएको छ। महाकाली राजमार्गअन्तर्गतको गोकुलेश्वर–खलंगा सडक खण्डको पनेबाज र तेर्छालेकमा माथिबाट लेदोसहितको पहिरो खस्दा बिहानैबाट सडक अवरुद्ध भएको थियो।

दुई वटै स्थानमा लेदो सहितको पहिरो सफा गरेपछि अवरुद्ध सडक साढे ९ बजेबाट सुचारु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार रातिको वर्षाले पनेबाज र तेर्छालेक क्षेत्रमा खसेको पहिरो सडक विभागको मेसिनले पन्छाएको र लेदो समेत सफा गरिएपछि सडकमा रोकिएका सवारीसाधनहरू आफ्ना गन्तव्यतिर प्रस्थान गरेका प्रहरी निरीक्षक छत्रबहादुर रावतले बताए।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully