डडेलधुरा जीप दुर्घटनामा मृत्यु भएका सबैको सनाखत

उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप करिब २५० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

भाद्र १२, २०८२

तर्कराज भट्ट

Identification of all those who died in Dadeldhura jeep accident

डडेलधुरा — डडेलधुराको नवदुर्गा गाउँपालिका–५ चौड भित्री कच्ची सडकखण्डमा बिहीबार बिहान भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ। दुर्घटनामा छ जना घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बिहान करिब ९ बजे ठाँटाबजारबाट सदरमुकामतर्फ आउँदै गरेको उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जीप करिब २५० मिटर तल खस्दा चार जनाको घटनास्थलमै मृत्यु भएको हो।

चालक ३५ वर्षीय रामबहादुर साउदसहित घाइते भएकाहरूलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइरहेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बर बिष्टका अनुसार मृतकमध्ये नवदुर्गा–५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद रहेका छन्।

दुर्घटनामा घाइते हुनेमा नवदुर्गा–५ कै १८ वर्षीया सुशीला बिक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्दबहादुर साउद, चालक रामबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश बिक रहेका छन्। उनीहरूलाई उद्धार गरी तत्काल अस्पताल पठाइएको छ।

जीप सडकबाट अनियन्त्रित भई करिब २५० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरीको टोली खटिएको र थप अनुसन्धान भइरहेको जनाएको छ।

तर्कराज

Link copied successfully