सुदूरपश्चिम प्रदेशमा आइतबार सार्वजनिक बिदा

मन्त्रिपरिषद्को साउन १९ निर्णयअनुसार अट्ठारी पर्वको लागि सार्वजनिक बिदा दिइनेछ, थारु समुदायले यसलाई धूमधामले मनाउनेछन्।

भाद्र ७, २०८२

रञ्जना बिसी

Sunday is a public holiday in Sudurpaschim Province

कैलाली — सुदूरपश्चिम प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोद दाहालका अनुसार अट्ठारी पर्वको अवसरमा बिदा घोषणा गरिएको हो।

साउन १९ गते बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयअनुसार यो बिदा लागू हुनेछ। थारु समुदायले कृष्ण जन्माष्टमीपछि पर्ने पहिलो आइतबार अट्ठारी पर्व धूमधामका साथ मनाउँदै आएका छन्।

यस दिन दाजुभाइहरूले दिदीबहिनीको दीर्घायुको कामना गर्दै दिनभरि व्रत बस्ने परम्परा छ। विशेष गरी पुरुषहरूले उपवास गर्दै बेलुकी पूजापाठ गर्ने र परिवारसँग पर्व मनाउने चलन छ।

रञ्जना बिसी

Link copied successfully