जिल्ला प्रहरी कार्यालयका अनुसार अन्य गम्भीर घाइते तीन जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका–४ होपरीमा जिप दुर्घटनामा परी गम्भीर घाइते एक जनाको उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ । गोकुलेश्वर अस्पतालमा उपचारका क्रममा गम्भीर घाइते गर्भवतीसमेत रहेकी २५ वर्षीया पार्वती टमाटाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अन्य गम्भीर घाइते तीन जनाको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये २६ वर्षीय मोहनसिंह ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्नाको उपचार भइरहेको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।
रावतका अनुसार दुर्घटनामा अन्य घाइतेहरूमा नौगाड–४ का ३४ वर्षीय रम्भा महता, १२ वर्षीय राम महता, १२ वर्षीय श्याम महता, १४ वर्षीया कान्छी महता, ७२ वर्षीय गम्भा महता र अपिहिमाल गाउँपालिका–४ की १९ वर्षीया लक्ष्मी कार्की रहेका छन् । सामान्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार नौगाडको होपरीबाट होपरीगाडतर्फ गइरहेको जिप बिहान दुर्घटना हुँदा ११ जना घाइते भएका थिए । जिप सडकबाट करिब ७० मिटर तल खसेको थियो ।
![Darchula Jeep Accident [Update] : Injured pregnant woman dies](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/default-21122017081643-1512018082436-1000x0.jpg&w=1001&h=0)