दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते, चारको अवस्था गम्भीर

जीपमा सवार ११ जनामध्ये ४ जना गम्भीर घाइते भएका छन् ।

भाद्र ५, २०८२

मनोज बडू

11 injured in jeep accident in Darchula, four in critical condition

दार्चुला — दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जना गम्भीर घाइते छन्। बिहीबार बिहान जिल्लाको नौगाड गाउँपालिका–४ होपरीमा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार होपरीबाट होपरीगाडतर्फ गइरहेको जीप दुर्घटनामा परेको हो। होपरीबाट होपरीगाडतर्फ गइरहेको लाकेन्द्र सिह ठगुन्नाले चलाएको सुपप्र ०४००१ ज ०१०३ नम्बर जिप दुर्घटना भएको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए ।

रावतका अनुसार जीपमा सवार ११ जनामध्ये ४ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीय अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका छन् । गाडी चिप्लो बाटोमा ब्रेक नलाग्दा दुर्घटना भएको हो ।

गाडीमा सवारमध्ये ७ जना सामान्य घाइते रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully