पहिरोले अवरुद्ध खोडपे-बझाङ सडक सञ्चालनमा

सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

श्रावण २९, २०८२

रासस

Khodpe-Bajhang road blocked by landslides in operation

बैतडी — जयपृथ्वी राजमार्ग १३ घण्टापछि खुलेको छ । राजमार्गको खोडपे–बझाङ सडकखण्डअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । 

सडकमा खसेको पहिरो जेसिबीले पन्छाएपछि केही बेरअघिदेखि राजमार्ग सञ्चालन भएको बैतडीका प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

लगातारको वर्षाले पहिरो पन्छाउन ढिलो भएको थियो । सवारी साधन सञ्चालन भएसँगै अलपत्र यात्री आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् । 

रासस

Link copied successfully