प्रहरीले नौगाड गाउँपालिका–४ सिप्टीकी ३० वर्षीया धाना धामीलाई वन लसुनसहित पक्राउ गरेको हो।
दार्चुला — दार्चुला सदरमुकामस्थित पुलघाटबाट एक महिला वनलसुन सहित पक्राउ परेकी छन्। पक्राउ पर्नेमा नौगाड गाउँपालिका–४ सिप्टीकी ३० वर्षीया धाना धामी रहेका प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार अप्राहन्न ४ बजेतिर भारतको धारचुलाबाट आउदै गरेकी धामीलाई नेपाल–भारत जोड्ने खलंगा सीमापुलमा खटिएको अस्थायी प्रहरी पोष्ट, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरीको टोलीले चेकजाँचका क्रममा वन लसुन भेटेपछि पक्राउ गरिएको हो।
चेकजाँचमा ५ किलोग्राम वनलसुन फेला पर्दा प्रहरीले नियन्त्रणमा लिएको दार्चुला प्रहरीका सूचना अधिकारी छत्रबहादुर रावतले बताए । पक्राउ परेकी महिलाले कोपिला आहारको थैलोभित्र लुकाइछिपाइ वन लसुन ल्याएकी थिइन् ।
सङ्कलन पुर्जी (अनुमती पत्र) बिना भारतबाट अवैध रुपमा नेपाल भित्र्याइरहेको वन लसुनसहित महिलालाई पक्राउ गरी डिभिजन वन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
