कैलालीमा खोलामा डुबेर बालकको मृत्यु

गर्मी छल्न साथीहरूसँग रोरा खोला पुगेका १२ वर्षीय रोशन बोहराको पौडी खेल्दाखेल्दै डुबेर निधन भएको हो।

श्रावण २७, २०८२

रञ्जना बिसी

A child died after drowning in a river in Kailali

कैलाली — कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–१ मा रहेको रोरा खोलामा नुहाउने क्रममा स्थानीय ९ वर्षीय रोशन बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय लम्कीका अनुसार बोहरा गर्मी छल्न तीन जना साथीहरूसँग रोरा खोला पुगका थिए ।

प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले बालकहरु खोलामा पौडी खेल्दै गर्दा रोशन डुबेको बताए । साथीहरूले उद्धार गर्ने प्रयास गरे पनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

रञ्जना बिसी

Link copied successfully