खप्तडमा सेनाको सरसफाइ अभियान

खप्तडबाट आइतबार डेढ सय किलो फोहोर संकलन गरिएको छ ।

श्रावण २५, २०८२

अर्जुन शाह

Cleanliness campaign of army in Khaptad

धनगढी — खप्तड राष्ट्रिय निकुञ्जको सुरक्षार्थ स्थापित समरजित गुल्मको टोलीले खप्तड सरसफाइ अभियान सञ्चालन गरेको छ ।

गुल्मपति सेनानी अनुपम अर्यालका अनुसार आइतबार खप्तडबाट एक सय १४४ किलो फोहोर संकलन गरिएको छ । 

गुल्मले ‘सफा खप्तड समरजितको प्रतिबद्धता’ भन्ने नाराका साथ सरसफाइ अभियान सञ्चालन गरेको गुल्मले जनाएको छ । गुल्मको टोलीले खप्तड राष्ट्रिय निकुञ्जको त्रिवेणी, सितापाइला, छिन्चेढुङ्गा, नाटेश्वरी, खापर दह, पुलपुला पाटन, घोडादाउन्ना, बाबाश्रम, बिचपानी, लोखडा, भास्कुन, झिग्रानालगायत विभिन्न क्षेत्रमा गुल्मपति अर्यालको नेतृत्वमा निकुञ्जका प्रशासनका प्रतिनिधिहरूले फोहोर संकलन गरेका हुन् । 

पर्यटकीय क्षेत्र खप्तडमा पछिल्लो समय फोहोर थुप्रिँदै गएकोले सरसफाइ अभियान सञ्चालन गरिएको गुल्मपति अर्यालले बताए । संकलित फोहोरको उचित व्यवस्थापन गरिएको उनले बताए ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully