कैलालीमा अटो आपसमा ठोक्किँदा वृद्धाको मृत्यु

कञ्चनपुरको कृष्णपुरमा दुई अटो ठोक्किँदा ६५ वर्षीया मनसिंह रानाको मृत्यु भएको छ, अन्य छ जना उपचारपछि घर फर्किएका छन्।

श्रावण २३, २०८२

रञ्जना बिसी

Old woman dies in Kailali car collision

कैलाली — कैलालीमा दुई अटो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मालाखेतका अनुसार शुक्रबार गोदावरी नगरपालिका–३ को भित्री सडक खण्डमा अत्तरिया–कञ्चनपुर मार्ग हुँदै जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ३६६२ नम्बरको अटो र विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ ह ५८३४ नम्बरको अटो ठोक्किँदा दुर्घटना भएको हो।

पहिलो अटो कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का चालक खुसीराम चौधरीले चलाइरहेका थिए भने दोस्रो अटो कृष्णपुर–७ का चालक नन्दराम रानाले चलाइरहेका थिए।

दुर्घटनामा ५८३४ नम्बरको अटोमा सवार ६५ वर्षीया मनसिंह राना गम्भीर घाइते भइन्। उनलाई तत्काल सेती प्रादेशिक अस्पताल, धनगढी पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुवै अटोमा रहेका आठमध्ये अन्य छ जनाको उपचारपछि घर फर्किएका छन् भने एक जना अत्तरिया अस्पतालमा उपचाररत छन्। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

रञ्जना

Link copied successfully