जिल्ला प्रहरी कार्यालयका अनुसार मार्मा गाउँपालिका- ६ शेरी बस्ने २३ वर्षीय जनक महरा पक्राउ परेका हुन् ।
दार्चुला — दार्चुलाको गोकुलेश्वर बजारबाट लागुऔषधसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर बजारबाट लागूऔषध १२ ग्राम ७ सय ३० मिलिग्राम चरेससहित युवकलाई पक्राउ गरिएको प्रहरिले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मार्मा गाउँपालिका- ६ शेरी बस्ने २३ वर्षीय जनक महरा पक्राउ परेका हुन् । उनलाई बिहीबार इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको दार्चुला प्रहरिका प्रवक्ता छत्रबहादुर रावतले बताए ।
पक्राउ परेका महरालाई जिल्ला प्रहरि कार्यालय खलंगा ल्याएर म्याद थप गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
