महाकालीमा बढ्यो पानीको बहाव, शारदा ब्यारेजको पुलमा सवारी आउजाउमा रोक

महाकाली नदीमा सोमबार साँझ पानीको बहाव घटेपछि चारपांग्रे सवारी चलाउन पुनः अनुमति दिइएको थियो ।

श्रावण २०, २०८२

भवानी भट्ट

The flow of water increased in Mahakali, traffic was stopped on the bridge of Sarada Barrage

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । मंगलबार बिहानैदेखि सवारी आवागमनमा रोक लगाइएको हो । 

प्रहरीका अनुसार ७ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव १ लाख २ हजार ७४२ क्युसेक पुगेको छ । सोमबार पनि चारपांग्रे सवारी दिनभरि बन्द गरिएको थियो । साँझ बहाव घटेपछि खुला भएको हो । 

पुरानो पुल भएका कारण नदीमा पानीको बहाव १ लाख क्युसेक पुग्नेबितिक्कै चारपांग्रे सवारी आवागमनमा राके लगाइने गरिन्छ ।

भवानी भट्ट भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully