फरार सूचीका भट्टलाई मंगलबार बिहान घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
बैतडी — बैतडीमा चेक अनादर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् । फरार सूचीमा रहेका जिल्लाको दोगडाकेदार गाउँपालिका–४ कपिण्डाका ५३ वर्षीय केशवराज भट्टलाई पक्राउ परेका हुन् ।
दार्चुला जिल्ला अदालतले गत वर्षको असोज ७ गते फैसला गर्दै निज भट्टलाई चेक अनादर मुद्दामा ३ हजार रुपैयाँ जरिवाना तोकेको थियो । फरार सूचीका भट्टलाई मंगलबार बिहान घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
पक्राउ गरिएका प्रतिवादीलाई जरिवाना असुलउपरका लागि जिल्ला अदालत बैतडीमा पेस गरिएको प्रहरीले जनाएको छ ।
