डडेलधुरामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

घर जाँदै गरेका पुरुष सवार मोटरसाइकल अजयमेरु गाउँपालिका–१, पुइलेक कासिपुरस्थित सडकको घुम्तिमा पुग्दा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

श्रावण १९, २०८२

तर्कराज भट्ट

One person died in a motorcycle accident in Dadeldhura

डडेलधुरा — डडेलधुराको अजयमेरु गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। सोमबार साँझ अजयमेरु गाउँपालिका–२ का करिब ४५ वर्षीय गणेश भट्टको दुर्घटनामा परेर ज्यान गएको हो।

घरतर्फ जाँदै गरेका उनी सवार मोटरसाइकल अजयमेरु गाउँपालिका–१, पुइलेक कासिपुरस्थित सडकको घुम्तिमा पुग्दा अनियन्त्रित भई करिब ५० मिटर तल खसेको थियो । उनी सवार मोटरसाइकलको नम्बर प्लेट थिएन भने रातो रंगको पल्सर मोटरसाइकल रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरी टोली घटनास्थलमा पुगेर गम्भीर घाइते भएका भट्टलाई तत्काल उद्धार गरी डडेलधुरा अस्पताल ल्याइएको थियो । तर अस्पतालमा उपचारको क्रममा साँझ ७ः३० बजे उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार मोटरसाइकलको गति, सडकको अवस्था र भौगोलिक बनोटले दुर्घटनामा भूमिका खेलेको प्रारम्भिक अनुमान गरिएको छ । उक्त दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।

तर्कराज भट्ट

Link copied successfully