महाकालीमा पानीको बहाव बढेपछि चारपांग्रे सवारी आवागमनमा रोक

महाकालीमा सोमबार बिहान पानीको बहाव १ लाख ६१ हजार ३२ क्युसेक पुगेको छ ।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Four-wheeler movement stopped after the water flow increased in Mahakali

कञ्चनपुर — महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा सोमबार बिहानदेखि चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ ।

सोमबार बिहान ११ बजेको मापन अनुसार महाकालीमा पानीको बहाव १ लाख ६१ हजार ३२ क्युसेक पुगेको छ । पुल पुरानो भएका कारण बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully