बैतडीमा करेन्ट लागेर बालकको मृत्यु 

शनिबार दिउँसो २ बजेतिर स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्ने क्रममा बिजुलीको पोलमा छोन पुग्दा कोलीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

श्रावण १७, २०८२

मोहन चन्द

Child dies due to electrocution in Baitadi

बैतडी — बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–३ गिरीबगरका केशव कोलीको १३ वर्षीय छोरा किरण कोलीको मृत्यु भएको हो ।

शनिबार दिउँसो २ बजेतिर स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्ने क्रममा बिजुलीको पोलमा छोन पुग्दा कोलीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।

करेन्ट लागेर गम्भीर घाइते भएका कोलीलाई उपचारका लागि गोकुलेश्वर अस्पतालमा लगिएकोमा चिकित्सकले जाँच गर्ने क्रममा मृत घोषणा गरेका थिए । कोलीको शव अहिले गोकुलेश्वर अस्पतालमा राखिएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully