कैलालीमा आज ‘गुरही पर्व’ बिदा 

श्रावण १३, २०८२

अर्जुन शाह

'Gurhi festival' holiday in Kailali today

धनगढी — थारु समुदायको महत्वपूर्ण चाड गुरहीका अवसरमा मंगलबार कैलालीका स्थानीय तहहरुले सार्वजनिक बिदा दिएका छन् ।

कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी, टीकापुर, गौरीगंगा, भजनी, घोडाघोडी नगरपालिकाले बिदा दिएका छन् । यस्तै कैलारी र  जानकी गाउँपालिकाले पनि सोही पर्वको अवसरमा बिदा दिएका हुन् ।

गुरही पर्व थारु समुदायको मुख्य पर्व हो । गाउँघरबाट रोगव्याधि हट्ने र शान्ति तथा सद्भाव बढ्ने मान्यताका साथ परम्परागत संस्कार, चालचलनअनुसार नागपञ्चमीका दिन थारु समुदायले साँझपख गुरही मनाउने गर्छन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully