कैलालीमा नहरमा डुबेर एक जनाको मृत्यु

श्रावण ३, २०८२

रञ्जना बिसी

One person died after drowning in a canal in Kailali

What you should know

कैलाली — रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर एक जनाको मृत्यु भयको छ  । जिल्लाको लम्की चुहानगरपालिका–६ बाघमारामा नहरमा नुहाउने क्रममा डुबेर शनिबार एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेख आठबिस नगरपालिका–२ का २२ वर्षीय प्रेम रसाइली रहेको जिल्ला  प्रहरी कार्यालय कैलालीले जनाएको छ । रसाइली लम्कीचुहा–६ गुलरास्थित ससुराली घरमा बस्दै आएका थिए ।

केही समययता जिल्लामा पानीमा डुबेर मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।

शुक्रबार मात्रै गौरीगङ्गा नगरपालिकास्थित नदीमा डुबेर एकै परिवारका दाजुभाइको मृत्यु भएको थियो । ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको हो ।

रञ्जना

Link copied successfully