कैलालीमा लागूऔषधसहित चार जना पक्राउ

श्रावण ३, २०८२

रञ्जना बिसी

Four people arrested with drugs in Kailali

What you should know

कैलाली — कैलालीका विभिन्न स्थानबाट लागूऔषध खैरो हेरोइनसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

धनगढी उपमहानगरपालिका–३, त्रिनगर पोस्टमा डोटीको दिपायल सिलगढी नगरपालिका–३ निवासी १९ वर्षीय दिपेन्द्र नेपालीलाई चेकजाँच गर्दा १ ग्राम ७१० मिलिग्राम खैरो हेरोइनसहित फेला पारिएको प्रहरीले जनाएको छ।

उनलाई जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट संयुक्त रूपमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै, धनगढी उपमहानगरपालिका–१०, सिमलघाटबाट भारतको लखिमपुर खिरी, सुडा निवासी २५ वर्षीय कल्लु रानालाई पनि १ ग्राम ४३० मिलिग्राम खैरो हेरोइनसहित अस्थायी प्रहरी पोस्ट जुगेडाबाट खटिएको टोलीले पक्राउ गरेको छ।

त्यसैगरी, जानकी गाउँपालिका–४, बेलपुरबाट सोही स्थानका २५ वर्षीय निरज कठरिया र २० वर्षीय अमन बडायकलाई २ ग्राम ३१० मिलिग्राम खैरो हेरोइनसहित प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट संयुक्त रूपमा खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

रञ्जना बिसी

Link copied successfully