डडेलधुरामा हँसिया प्रहार गरी श्रीमतीको हत्या, पति पक्राउ

श्रावण २, २०८२

तर्कराज भट्ट

Wife killed by sickle in Dadeldhura, husband arrested

What you should know

डडेलधुरा — डडेलधुराको गन्यापधुरा गाउँपालिका–३ डिलमा एक व्यक्तिले हँसिया प्रहार गरी श्रीमतीको हत्या गरेका छन्। स्थानीय ५४ वर्षीय करन भुलले ४० वर्षीया श्रीमती खिमादेवी भुलको हँसिया प्रहार गरी हत्या गरेका हुन्।

घटना बिहीबार राति करिब साढे ११ बजे भएको प्रहरीले जनाएको छ। घटनापछि आरोपी करन फरार रहेका थिए। उनी भाग्दै गरेको अवस्थामा शुक्रबार बिहान गन्यापधुरा–३ स्थित गोयलखेतबाट पक्राउ परेका हुन्। पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय डडेलधुराको हिरासतमा राखिएको छ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक डम्बर बिष्टको कमाण्डमा परिचालित प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

घटनाको जानकारी आज बिहान मात्रै प्राप्त भएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

हत्या हुनुका कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बिष्टले जानकारी दिए। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा पारिवारिक विवादका कारण घटना भएको हुन सक्ने अनुमान गरिएको छ। तर विस्तृत विवरण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

तर्कराज

Link copied successfully