कैलालीमा नदीमा डुबेर दाजुभाइको मृत्यु

श्रावण १, २०८२

रञ्जना बिसी

Brother drowned in river in Kailali

कैलाली — कैलालीमा नदीमा डुबेर दाजुभाइको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–११ स्थित सुर्मा खोलामा डुबेर  दाजुभाइको मृत्यु भएको हो ।

मृतकहरू २५ वर्षीय उमेश धामी र २० वर्षीय प्रकाश धामी हुन् । उनीहरू के कारण नदीमा डुबेका थिए भन्ने स्पष्ट जानकारी छैन ।  

घटनाको कारण र थप विवरणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुवै जनाको शव सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ ।

रञ्जना

Link copied successfully