टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

श्रावण १, २०८२

रासस

Ban on the use of plastic bags in Tikapur

टीकापुर — टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा  प्रतिबन्ध लगाएको छ । पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो । 

नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै  प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल, व्यापारी, उद्योग वाणिज्य सङ्घका पदाधिकारी र सङ्घ संस्था, पत्रकार र समाजसेवीलाई आग्रह गरेका छन्। 

नगरपालिकाको निर्णयविपरीत प्लाष्टिकका झोला बिक्रेतालाई प्रथम पटक एक हजार, दोस्रो पटक तीन हजार र तेस्रो पटक पाँच हजार जरिवाना हुने उनले बताए। त्यसैगरी, प्लाष्टिकका झोला प्रयोग गर्नेलाई पहिलोपटक १० दोस्रोपटक ५० र तेस्रो पटक १०० जरिवाना लिइने छ । प्लाष्टिकको झोला उत्पादन गर्नेलाई पहिलो पटक दुई हजार, दोस्रो पटक चार हजार र तेस्रो पटक छ हजार जरिवाना हुनेछ ।

नगरपालिकालाई प्लाष्टिकमुक्त गर्ने निर्णय कठोर भएर कार्यान्वयन गर्ने प्रतिबद्धता नगरप्रमुख चौधरीले व्यक्त गरे। पालिकाले स्थानीय राजपत्रमा २०८० साल चैत २५ गते यससम्बन्धी सूचना प्रकाशन गरेर प्लाष्टिकको प्रयोग नगर्न अनुरोध गर्दै आएको छ । 

रासस

Link copied successfully