कञ्चनपुर — यहाँको दोधारा चाँदनी नगरपालिका–६ कालागड टोलमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।
सोमबार सीमावर्ती भारतको नंग्रा जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएर उनीहरू बिरामी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सागर बोहराका अनुसार ६३ वर्षीया कालु सुनार र उनका नातिनीहरू १८ वर्षीया निशा, ८ वर्षीया मन्सु तथा नातिहरू १६ वर्षीय भीम र १२ वर्षीय वसन्त बिरामी भएका हुन् । उनीहरूको दोधार चाँदनीस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
