कैलाली कारागारमा कैदीबन्दीबीच झडप

एसपी भन्छन् - 'यो बिग इस्यु होइन' 

असार २८, २०८२

रञ्जना बिसी

Clash between inmates in Kailali Jail

कैलाली — कैलाली जिल्ला कारागारभित्र कैदीबन्दीहरूबीच झडप भएको छ । कारागारका नाइके खगेन्द्र बोगटीलाई कुटपिट गरिएको छ । बोगटीमाथि भूपेन्द्र बडुवाल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कपिल श्रेष्ठको समूहले कुटपिट गरेको हो ।

घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी बालनरसिंह राणा र प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल कारागार पुगेका थिए । 

बोगटीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । ठूलो चोटपटक नभएकाले सामान्य उपचारपछि उनलाई फिर्ता ल्याइसकिएको राणाले बताए । 

एसपी राणाले घटना सामान्य भएकाले ठूलो मुद्दा नबनाउन आग्रह गरे । उनले भने 'मान्छेहरू भएको ठाउँमा यस्तो त भइहाल्छ । हामी अनुसन्धान गरिरहेका छौं । यो बिग इस्यु हो जस्तो लाग्दैन ।' घटनाको विस्तृत विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन । झगडाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कैलाली कारागारमा पटकपटक यस्ता घटना हुने गरेका छन् । केही दिनअघि मात्रै डडेलधुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको शंकास्पद मृत्यु भएको थियो ।

रञ्जना

Link copied successfully