कैलाली — कैलालीको गोदावरी नगरपालिका–२ स्थित गोदावरी नदी किनारमा अन्दाजी ६० वर्षीया महिलाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार शव स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धानमा शव बेवारिसे रहेको र महिलाको शरीरमा धेरै चोटपटक नदेखिएकाले नदीमा बगेर आएको हुनसक्ने अनुमान गरिएको छ । शवको पहिचान खुल्न बाँकी छ । पोस्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
