खाल्डोमा डुबेर ८ वर्षीय बालकको मृत्यु

असार १८, २०८२

रञ्जना बिसी

An 8-year-old boy died after drowning in a ditch

कैलाली — धनगढी उपमहानगरपालिका–१२ स्थित सीगाउँमा खाल्डोमा डुबेर ८ वर्षीय बालकको मृत्यु भएको छ ।

स्थानीय राजु श्रेष्ठका छोरा शिद्धार्थ श्रेष्ठ घरनजिकैको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुबेर बालक गम्भीर घाइते भएका थिए ।

घटनापछि उनलाई तत्कालै सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो । तर चिकित्सकले परीक्षणपछि शिद्धार्थलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार बालक खेल्ने क्रममा घरनजिकै रहेको खाल्डोमा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

रञ्जना

Link copied successfully