तोलेनीमा पहिलो पटक विद्युत् सेवा : ६ सय ११ भन्दा बढी घरपरिवार लाभान्वित

असार १६, २०८२

मोहन पनेरु

Electricity service for the first time in Toleni: More than 611 households benefited

डोटी — डोटीको सायल गाउँपालिका-३, तोलेनीमा पहिलो पटक विद्युत सेवा पुगेको छ। जिल्लाको विकट उक्त पालिकामा विद्युत् सेवा बिस्तार भएपछि स्थानीयहरू अब उज्यालोमा बस्न पाउने भएका छन्।

गाउँमा बिजुली पुगेपछि स्थानीयवासीमा खुसीयाली छाएको छ। ‎गाउँमा पहिलो पटक बिजुली बलेसँगै यहाँका स्थानीयवासीहरूको खुसीको सिमानै पार गरेको स्थानीयहरू बताउँछन्।

‎स्थानीय यदु नेपालीले विद्युत् विस्तारले ग्रामीण जीवनशैलीमा ठुलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै लामो समयपछि गाउँमा केन्द्रीय लाइनको बिजुली पुगेपछि निकै खुसी लागेको बताए । नेपालीले भने , 'हामी कुटानी पिसानी गर्नाका लागि घण्टौँ पैदल हिँडेर जानुपर्ने अवस्था थियो। अब गाउँमा बिजुली आयो, अब गाउँमै कुटानी पिसानी मिल सञ्चालनमा आउँछ भन्ने लागेको छ।'

‎त्यस्तै,  कक्षा १० मा अध्ययनरत छात्र मेखराज उपाध्यायले बिगतका दिनहरुमा बत्ती नहुँदा पठनपाठनमा निकै समस्या खेप्नु परेको भन्दै गाउँमा केन्द्रीय लाइनको बिधुत सेवा  पुगेपछि सबैभन्दा बढी विद्यार्थीहरुलाई राहत मिल्ने बताए ।‎विद्युतको उद्घाटन सायल गाउँपालिकाका अध्यक्ष धर्मराज जोशीले विधिवत रूपमा बत्ती बालेर उद्घाटन गरेका हुन्।

‎‎अध्यक्ष जोशीले अब वडा नं. ३ का गर्खा सायल, बनगाउँ, पानीखालका स्थानीय केन्द्रीय विद्युत् प्रशारणको लाइनसँग जोडीएका बताए । उनले २०७७/०७८ मा जडान गरि सक्नु पर्ने बत्ती विभिन्न कारणले रोकिएकोले आफ्नो र कर्मचाहरीहरूको अथक मेहिनेतले विद्युत सेवा विस्तार गर्न सफल भएको बताए ।

अब स्थानीय, व्यापारी, व्यवसायीलाई सहज भएको र विद्यार्थीलाई अँध्यारोमा पढ्न लेख्नबाट वञ्चित हुनुपर्ने स्थितिको अन्त्य भएको उनको भनाइ छ। 

मोहन

Link copied successfully