चमेलिया नदीमा बगेर पुरुषको मृत्यु

जेष्ठ ३१, २०८२

मनोज बडू

Man dies after being swept away in Chamelia river

दार्चुला — दार्चुला र बैतडीको सीमा नदी चौलानी (चमेलिया) नदीमा बगेर एक पुरूषको मृत्यु भएको छ ।

शैल्यशिखर नगरपालिका–२ छेलाबगरमा शनिबार बिहान नुहाउने क्रममा बगेर स्थानीय ६० वर्षीय कृष्णबहादुर पालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार छेलाबगरमा नुहाउने क्रममा चौलानी नदीमा बगेर ६० वर्षीय कृष्णबहादुर पालको मृत्यु भएको हो । नदीमा बगेर पाल केही समयपछि बगेको ठाउँदेखि करिब दुई सय मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका अधिकारी छत्रबहादुर रावतले बताए । 

मृतक पालको शव पोष्टमार्टमका लागि गोकुलेश्वर अस्पताल लैजाने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully