कैलाली — कैलालीमा नवजात शिशुलाई बेवारिस अवस्थामा नालामा छाड्ने महिला पक्राउ परेकी छन् । धनगढी-१४ एच गाउँस्थित साइनोचोक नजिकै बेवारिस शिशु छाडेकी उनलाई इलाका प्रहरी कार्यालय बौलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलाली बुझाइएको हो ।
पक्राउ परेकी आमालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । गत जेठ १२ गते स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए । प्रहरीले शिशुलाई सकुशल उद्धार गरी सोही दिन सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो । अहिले उक्त शिशुलाई धनगढीस्थित सेभहाउसमा राखिएको प्रहरीले जनाएको छ ।
