मिनिट्रकको ठक्करबाट वृद्धको मृत्यु

जेष्ठ १७, २०८२

मनोज बडू

Old man dies after being hit by a minitruck

दार्चुला — बैतडीमा मिनि ट्रकको ठक्करले एक वृद्धको मृत्यु भएको छ। शुक्रबार राति सुर्नया गाउँपालिका–५ बिष्टपालीमा ट्रकले ठक्कर दिदा स्थानीय ८१ वर्षीय महाबिर बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शुक्रबार राति सवा ९ बजेको समयमा धनगढीबाट बिष्टपाली गइरहेको सु.प.प्र.०१००१ क १८१३ नम्बरको मिनि ट्रकले सडक छेउमा हिडिरहेको अवस्थामा ठक्कर दिएको थियो । मिनि ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बिष्टलाई उपचारका लाागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको बैतडी प्रहरिका प्रवक्ता बल्देव बडूले बताए ।

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बैतडीमा राखिएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully