कञ्चनपुर — कञ्चनपुरमा छुट्टा-छुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको र नदीमा डुबेर एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार साँझ कृष्णपुर नगरपालिका-२ बाणीमा से २ त २५३ नम्बरको ट्र्याक्टर र से ३ प ४९७५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बाणी शिविरमा बस्ने २३ वर्षीय आशिक रानाको मृत्यु भएको हो । उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा बुधबार राती मृत्यु भएको हो ।
यसै गरी बेदकोट नगरपालिका-१० हरपालमा चौधर नदीमा नुहाउने क्रममा डुबेर ५ वर्षीया प्रिन्जिला सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो नदीमा नुहाउने क्रममा बगेर बेहोस भेटिएकी उनको महाकाली अस्पतालमा उपचारका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहोराले बताए ।
