बैतडीमा बेवारिसे अवस्थाको अवैध बिडी बरामद

जेष्ठ ५, २०८२

मनोज बडू

Illegal bidi seized in abandoned condition in Baitadi

दार्चुला — प्रहरीले बैतडीको दशरथ चन्द नगरपालिका–६ सेराबाट अवैध बिडी बरामद गरेको छ। नेपाल–भारत सीमा नदी महाकालीको किनारबाट भन्सार छलिएको बेवारिसे अवस्थाको अवैध बिडी बरामद गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सेराबाट बेवारिसे अवस्थामा रहेको दुई लाख ८२ हजार बराबरको १० पेटी बिडी बरामद गरिएको हो। प्रहरी चौकी सेराबाट खटिएको प्रहरी टोलीले आइतबार बिहान र दिउँसोको समयमा उक्त बिडी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक बल्देव बडूले बताएका छन्।

प्रवक्ता बडूका अनुसार प्रहरी टोलीले बिहान १ बजेको समयमा एक लाख १० हजार बराबरको ४ पेटी र दिउँसो ३ बजेको समयमा एक लाख ७२ हजार बराबरको ६ पेटी बिडी बरामद गरेको हो।

उक्त बिडी भारतबाट अवैध रूपमा आयात गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। बरामद गरिएको बिडी आवश्यक कारबाहीका लागि महाकाली भन्सार कार्यालय झुलाघाटमा पठाइने प्रहरी निरीक्षक बडूले जानकारी दिएका छन्।

मनोज बडू बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully