तीनपटक सरकारको नेतृत्वमा पुर्‍याउने कुनै कांग्रेस, एमाले होइनन् : दाहाल

जेष्ठ ३, २०८२

मोहन पनेरु

Neither Congress nor UML can lead the government thrice: Dahal

डोटी — माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीलाई सर्वसाधारण जनताले सत्तामा पुर्‍याएको बताएका छन् ।

हिजोबाट सुरु भएको 'जनतासँग माओवादी, मध्यपहाडी लोकमार्ग जनता जागरण अभियान' अन्तर्गत  आज डोटीमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले माओवादीलाई अन्य कुनै पार्टीले सत्तामा नपुर्‍याएको बताए ।

'हामीलाई विस्तृत शान्ति सम्झौतासम्म पुर्‍याउने, तीनपटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्‍याउने कुनै कांग्रेस होइनन्, कुनै एमाले होइनन्,' उनले भने, 'तपाईँ हामीजस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग समुदायले पुर्‍याएको हो ।' उनले पार्टी सत्तामा हुँदाका बखत सत्तामा पुर्‍याउने वर्ग समुदायलाई दिनुपर्ने जति समय आफूहरूले नदिएकामा आत्मालोचना पनि गरे । ८/१० वर्षमा जनताको बीचमै गएर जनताकै मुखबाट समस्या सुन्नुपर्नेमा त्यसो हुन नसकेकाले त्यस्तो कमजोरी सुधार्न पार्टीले जनता जागरण अभियान सञ्चालन गरेको उनको भनाइ छ ।

अध्यक्ष दाहालले आत्मालोचित भएर आफूहरू जनताको सामु आएको र जनताका पिरमर्का सुनेर राष्ट्रव्यापी बनाउने पनि बताए । 

मोहन

Link copied successfully